पदाधिकारी चयन गर्नका लागि काँग्रेस बैठक आज
काठमाडौँ । पदाधिकारी चयनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।
रिक्त उपसभापति, महामन्त्री र सहमहामन्त्री चयनका लागि पार्टी सभापति शेर बहादुर देउवाले नाम प्रस्ताव गर्ने बताइएको छ।
निर्वाचित केन्द्रिय सदस्यको बैठकले प्रस्तावित नामलाई अनुमोदन गर्नुपर्ने प्रावधान छ।
यस अघि सोमबार बिहान बोलाइएको बैठक रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले बहिष्कार गर्ने चेतावनी दिएपछि रोकिएको थियो। काँग्रेस नेता नविन्द्र राज जोशीले सहमतिको लागि रोकिएको बैठकमा कुनै प्रयास नभएको बताए। विधान र सहमति अनुसार हुनुपर्ने आफ्नो पक्षको जोड रहेको उनले बताए ।
देउवा निकट नेता मानिने बालकृष्ण खाँडले सहमतिको प्रयास हुने विश्वास व्यक्त गरे। ‘आजसम्म सहमति भएको छैन, शीर्ष तहमा सहमतिको प्रयास होला,’ उनले भने।
सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्ण बहादुर खड्का र उप महामन्त्रीमा डा. प्रकाश शरणलाई मनोनयन गर्ने बताइएको छ।
निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक दिउँसो दुई बजे केन्द्रिय कार्यालय सानेपामा बोलाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण