काठमाडौँका नदीहरूमा जलप्रवाह उच्च, किनारा क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । शुक्रबारदेखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरूमा पानीको बहाव उच्च भएको छ । सडकहरूमा पानी जम्मा भएको छ । कति ठाउँका नदी किनाराहरुमा पानी प्रवेश भएको छ । केही स्थानहरू डुबानमा परेका छन् ।
पानी नियमित परिरहेकोले नदीहरूमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरूलाई सतर्क रहन आग्रह गर्दै गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २४ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधरणतया र पूर्णतया बदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपद् परेमा हटलाइन १६६००१०५५११, ११८० महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्ने अनुरोध गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण