अवरुद्ध कर्णाली राजमार्गका दुई ठुला पहिरो पन्छाउन बाँकी, यात्रु अलपत्र
सुर्खेत। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई अवरुद्ध कर्णाली राजमार्ग अझै सुचारु हुन सकेको छैन। ठुलो पहिरो पन्छाउन बाँकी रहेकाले शनिबार उक्त काम सम्पन्न बाँकी रहेको हो ।
कर्णाली राजमार्गको कालिकोट सडक खण्डका तीन ठाउँ र दैलेखको दही खोला भन्दा केही माथितिर ठुलो पहिरो गएर सडक अवरुद्ध भएको थियो ।
प्रदेश ट्राफिक कार्यालयका प्रमुख रामप्रकाश साहका अनुसार कालिकोटको हुल्मको बाहेक दुई ठाउँको पहिरो पन्छाउने काम सकिएको छ। यद्यपि हुल्मको पहिरो पन्छाउन काम अझै बाँकी रहेको छ । यस्तै दहिखोलातर्फको पहिरो पनि हटाउने काम बाँकी छ।
त्यहाँ दिउँसो देखिनै हटाउने काम सुरु भएपनि वर्षाका कारण र पहिरो ठुलो भएकाले ढिलाइ भएको हो । ‘आज सकिएन अब भोली बिहानदेखि काम हुन्छ,’ उनले भने। पहिरो पन्छाउन बाँकी रहेकाले सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेत आउने सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण