युक्रेनमा गहिरियो बिजुली संकट
क्रिभ । रुसले युक्रेनको एक बिजुली केन्द्रमा गरेको हमलापछि उत्तर पश्चिमको समी क्षेत्रमा एक लाख मानिसहरू बिजुलीबत्तीबिहीन भएका छन् । आक्रमणपछि रुसी सीमामा रहेको सो क्षेत्रभर बिजुलीको आपूर्ति ठप्प भएको थियो ।
बिजुली उत्पादन सुचारु गर्ने काम भइरहेको नेशनल ग्रिड अपरेटर युक्रेनेर्गोले भनेको छ । सो आक्रमणमा कसैलाई घाउचोट लागेको वा निधन भएको खबर आएको छैन । रुसले युक्रेनभरि बिजुली उत्पादन केन्द्रलाई निशाना बनाएर आक्रमण जारी राखेको छ । बिजुली आपूर्ति ठप्प हुँदा उखरमाउलो गर्मीमा पानी, एसी विहीन अवस्थामा मानिसहरू बस्न बाध्य भएका छन् ।
अस्पतालहरूमा बिजुली नहुँदा अपरेसन प्रभावित भइरहेको छ । रुसले थर्मल ऊर्जा केन्द्रमा आक्रमण गर्दा गएको तीन महिनामा मात्रै युक्रेनले ९ गिगावाट बिजुली उत्पादन क्षमता गुमाएको छ । जल विद्युत् उत्पादन केन्द्रहरूमा पनि ड्रोन र मिसाइलले हमला गर्ने क्रम जारी छ ।
रुसी आक्रमणको असर कम गर्न पोल्याडले उब्रिएको बिजुली युक्रेनतिर पठाइरहेको छ । तर घरेलु स्तरमा भएको बिजुली उत्पादन र आयातित बिजुलीले माग धान्न नसक्दा दिनभर लोडसेडिङ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण