काठमाडौँको नयाँ बजारमा लाखौँको चोरी
आइतबार, २३ असार २०८१, ११ : ५४
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ नयाँ बजारमा शनिबार दिउँसो चोरी भएको छ । त्यहाँ डेरा गरी बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ५१ वर्षीय दावा शेर्पाको कोठामा चोरी भएको हो ।
कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना, नगद तथा जिन्सी सामानहरू चोरी भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार करिब ११ लाख ६९ हजार ८ सय ८० रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।
उता सुनसरीको दुहवी नगरपालिका-६ राई टोल बस्ने कलिमुदिन मियाको घरबाट कोही नभएको अवस्थामा चोरी भएको छ । गेटको ताल्चा फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ७ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण