सोमबार कहाँ-कहाँ छ बाढीको खतरा ?
काठमाडौँ । सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै तर बढ्दो अवस्थामा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल महाकाली नदीमा जलसतह सतर्कता तह माथि रहेको हो।
आज कन्चनपुर, कैलाली, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ । साथै डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।
त्यस्तै ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, पाल्पा, नवलपरासी (ब. सु. पूर्व), रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ ।
- सचेत रहन आग्रह
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू साथै बागमती, बबई, पश्चिम राप्ती, पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती, नदीको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
_AbELSeFgtP.jpg)
आज र भोली महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन भनिएको छ । आज कन्चनपुर जिल्ला भई बहने अधिकांश नदीहरूमा आकस्मिक बाढीको अति उच्च जोखिम, कैलाली, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान रहेकोले उच्च सावधानी अपनाउन महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ ।
साथै डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकोले उच्च सावधानी अपनाउन भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण