काठमाडौँ र भक्तपुरबाट धनमाल चोरी
काठमाडौं । काठमाडौँ र भक्तपुरका दुई स्थानमा चोरी भएका छन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौंको पुराना बानेश्वर स्थित गोमा दाहालको स्नेहा ब्युटी पार्लर पसलबाट पनि नगद ४० हजार रूपैयाँ, सुनका विभिन्न गरगहना, मोबाइल समेत गरी अन्दाजी ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।
यसैबीच कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा चाक्लेकुना बस्ने ४० वर्षीया शुसिला पाठकको घरमा पनि चोरी भएको छ । घरबाट करिब साढे ३ तोला बराबरको सुनका गरगहाना र ५ तोला बराबरको चाँदीको गरगहना आइतबार राति चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण