सुनसरी, सप्तरी र कपिलवस्तुमा भारी वर्षा, सतर्क रहन आग्रह
काठमाडौँ । सुनसरी, सप्तरी र कपिलवस्तु जिल्लामा बुधबार भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
सुनसरी जिल्ला स्थित सुनसरी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको विभागको बाढी पूर्वानुमान महाशाखाले बताएको हो । सो नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू-भागहरूमा रहनेहरू साँझसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
यसैगरी सप्तरी जिल्लास्थित बलान खोला जलमापन केन्द्रमा बिहान जलसतह सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेको छ । नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो ४ बजेसम्मै उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ । सप्तरी जिल्लाकै खाँडो खोलाको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनेहरूले दिउँसो ४ बजे सम्म सतर्कता अपनाउन भनिएको छ।
यता कपिलवस्तु जिल्लास्थित कोइली वाणागंगा खोला जलमापन केन्द्रमा बिहान जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ । सो नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू-भागहरूमा साँझ सम्म उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण