वडाध्यक्ष गुप्तासहित ६ जनालाई कैद फैसला
बारा । जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका– ७ का वडा अध्यक्ष सुनिल गुप्तासहित ६ जनालाई एक महिनाको कैद फैसला सुनाएको छ । न्यायाधीश तारादेवि महर्जनको इजलासले शुक्रबार आपराधिक उपद्रव मुद्दामा वडा अध्यक्ष गुप्तासहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवाना सुनाएको हो ।
वडा अध्यक्ष गुप्ताले राजुराज गिरीको घर अगाडि डोजरले खनेर क्षति पुर्याएका थिए । गिरी स्थानीय तह निर्वाचनमा गुप्ताका निकटतम प्रतिस्पर्धी थिए । गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्दामा वडा अध्यक्ष गुप्ता, नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, कानु भनिने सुनिल साह, वडा अध्यक्षका दाइ अनिल गुप्ता, सुरेश राउत अहिर भनिने सुरेश यादव र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका छन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २७५ (१) र (२) (ख) बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतले फैसलामा सुनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण