नुहाउने क्रममा कमला नदीमा डुबेका बालक बेपत्ता

सिराहा । सिराहाको कमला नदीमा नुहाउने क्रममा शनिवार अपराह्न डुबेका बालक अझै फेला परेका छैनन्। कल्याणपुर नगरपालिका ५ भोक्राहाका रामदेव खड्गा यादवका ११ वर्षीय छोरा क्षितिज यादव साथीहरूसँग कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
सिराहा सदरमुकाम बस्दै आएका क्षितिज परिवारसँग गाउँमा दिदीको विवाहमा गएका थिए। विवाहमा गएका बेला साथीहरूसँग नुहाउने क्रममा उनी डुबेको हुनसक्ने कल्याणपुर नगरपालिका ६ का वडाध्यक्ष दिनेशकुमार साहले जानकारी दिए।
पूर्वाधार विकास कार्यालय सिराहाका डिभिजनल इन्जिनियरसमेत रहेका रामदेव परिवारसहित सिराहा सदरमुकाम बस्दै आएका छन्। ‘क्षितिजलाई कहाँ कति पानी छ भन्ने थाहा भएन होला। धेरै पानी भएको ठाउँमा हाम फालेको हुन सक्छन्’ अध्यक्ष साहले भने।
अपराह्न करिब एक बजे पानीमा डुबेका बालक अझै फेला नपरेको उनले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार खोजी कार्य जारी रहेको छ।
इलाका प्रहरी कार्यालय मिर्चैया र कल्याणपुरको टोली तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ