नुहाउने क्रममा कमला नदीमा डुबेका बालक बेपत्ता
सिराहा । सिराहाको कमला नदीमा नुहाउने क्रममा शनिवार अपराह्न डुबेका बालक अझै फेला परेका छैनन्। कल्याणपुर नगरपालिका ५ भोक्राहाका रामदेव खड्गा यादवका ११ वर्षीय छोरा क्षितिज यादव साथीहरूसँग कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
सिराहा सदरमुकाम बस्दै आएका क्षितिज परिवारसँग गाउँमा दिदीको विवाहमा गएका थिए। विवाहमा गएका बेला साथीहरूसँग नुहाउने क्रममा उनी डुबेको हुनसक्ने कल्याणपुर नगरपालिका ६ का वडाध्यक्ष दिनेशकुमार साहले जानकारी दिए।
पूर्वाधार विकास कार्यालय सिराहाका डिभिजनल इन्जिनियरसमेत रहेका रामदेव परिवारसहित सिराहा सदरमुकाम बस्दै आएका छन्। ‘क्षितिजलाई कहाँ कति पानी छ भन्ने थाहा भएन होला। धेरै पानी भएको ठाउँमा हाम फालेको हुन सक्छन्’ अध्यक्ष साहले भने।
अपराह्न करिब एक बजे पानीमा डुबेका बालक अझै फेला नपरेको उनले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार खोजी कार्य जारी रहेको छ।
इलाका प्रहरी कार्यालय मिर्चैया र कल्याणपुरको टोली तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण