लुम्बिनी प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
आइतबार, ३० असार २०८१, १७ : ५२

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाबाट पारित दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख शेरचनले आज लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक र आर्थिक वर्ष २०८१–२०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
लुम्बिनी प्रदेशसभाको बैठकबाट पारित विधेयकहरू संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयको प्रवक्ता धर्मा अर्याल बेल्वासेले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा
-
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित