उत्तर प्रदेशमा बाढीका कारण १० जनाको मृत्यु
उत्तर प्रदेश । उत्तर प्रदेशमा विगत ४–५ दिनदेखि नेपालसँग जोडिएका २० जिल्लामा बाढीको अवस्था छ । करिब २० लाख जनसंख्या बाढीको प्रभावमा परेका हुन् । पछिल्लो २४ घण्टामा राज्यमा वर्षाका कारण १० जनाको मृत्यु भएको छ ।
गोरखपुरमा राप्ती खतराको सतहभन्दा माथि पुगेको छ । ६० भन्दा बढी गाउँ डुबानमा परेका छन् । त्यहाँ खाल्डोमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
उही समयमा, वाराणसीमा, गंगाको बहावका कारण १५ भन्दा बढी घाटहरू डुबेका छन्। अर्कोतर्फ, बिहारमा पनि नेपालसँग जोडिएका क्षेत्रको अवस्था उस्तै छ । बेतिया, बगाहा, सीतामढी, मधेपुरा, अररियालगायत धेरै जिल्लामा बाढी आएको छ ।
मौसम विभागले अति भारी वर्षाको अलर्ट जारी गरेको राज्यहरूमा मध्य प्रदेश, महाराष्ट्र, छत्तीसगढ, गुजरात, केरला, आन्ध्र प्रदेश, पश्चिम बंगाल, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिशा, हिमाचल प्रदेश, उत्तराखण्ड, राजस्थान, पञ्जाब र हरियाणा पर्छन्। यसबाहेक गोवा, कर्नाटक, तमिलनाडुमा पनि वर्षा हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो स्थानमा रहेर पनि विश्वकपको अन्तिम ३२ मा छनोट भए यी आठ टिम, गोलअन्तरकै कारण बाहिरियो इरान
-
अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन : इरान
-
रास्वपाको दस्ताबेजले लोकतन्त्रको आधार हल्लाउन खोज्दैछ : नेकपा
-
नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
-
श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
-
‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण