आज यी नदीमा बाढीको जोखिम उच्च
शुक्रबार, ०४ साउन २०८१, ०९ : ०३
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा चारी वर्षाको सम्भावना रहेकोले खोला तथा नदीहरूमा बाडीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने महाशाखाको भनाइ छ ।
यता मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
-
श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
-
‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
-
प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति
-
पर्सा र बाराका सीमा नाकामा गृहमन्त्रीको छड्के
-
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव पारित गरेको भन्दै कांग्रेसको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण