बीपी स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय शुभारम्भ (तस्बिरहरू)
काठमाडौँ । नेपाली कांग्रेसले बीपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय पुस्तकालय सुभारम्भ गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बिहान पुस्तकालयको शुभारम्भ गरेका हुन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका थिए । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।





_eQdaVnDzni.jpg)
_eOM21Gt71E.jpg)
_qaYMVs6HuF.jpg)
_KV4k0T6AWC.jpg)
_AltgGXOF6Y.jpg)
_9c3X0J4EAP.jpg)
_OVYXC4BHvj.jpg)
_ycmgbDYAp3.jpg)
_LWAw9anAkg.jpg)
_XuRHulgkdI.jpg)
_FaxWC713l2.jpg)
_RSmej7sq88.jpg)
_0z7JgvoWQ2.jpg)
_SQy74OMj9C.jpg)
_Jbp96wlIoO.jpg)
_81E5bYgxk5.jpg)
_MWZsS6u8kp.jpg)
_VwkmvyA8Ds.jpg)
_9ZPb8IMKzu.jpg)
_vuQvDaEwKm.jpg)
_upnkYZNxCW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण