नाफा बुक गर्दै लगानीकर्ता : नेप्से सामान्य अङ्कले बढ्दा १३ अर्ब ९१ करोडको कारोबार
काठमाडौँ । लगातारको वृद्धिसँगै लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४ सय ८८.०९ विन्दुमा उक्लिएको छ ।
तर, कारोबार भने १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको भएको छ । आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ९३ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ भने शिवम् सिमेन्टको ३४ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको र कुमारी बैंकको २८ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
११५ कम्पनीको सेयर मूल्य बढ्दा आज १२१ कम्पनीको घटेको छ । बाँकी ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
१३ वटा उपसूचकमध्ये आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, इन्भेस्टमेन्ट, माइक्रोफाइनान्स र निर्जीवन बिमा समूहको उपसूचक ऋणात्मक भएका छन् भने फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, म्युचुअल फन्ड, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।
मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा आज गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९४ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण