नेपालीले एक वर्षमा खाए २८ अर्बभन्दा बढीको विदेशी तरकारी
काठमाडौँ । नेपालीले एक वर्षमा २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी तरकारी खाएको पाइएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी आयात भएको हो ।
विभागको तथ्यांक अनुसार एक वर्षमा ५ लाख ४५ हजार मेट्रिक टन तरकारी नेपालमा आयात भएको छ ।
यस्तै नेपालबाट पनि केही मात्रमा तरकारी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । नेपालबाट ८२ करोड रुपैयाँको तरकारी निर्यात भएको विभागले जनाएको छ ।
तरकारीबाट सरकारले एक वर्षमा करिब २७ अर्ब ४८ करोड रुपैयाँको घाटा बेहोरेको छ । यस्तै सरकारले एक वर्षमा ४ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा भारतबाट १४ अर्ब ६ करोड र चीनबाट २ अर्ब ३६ करोड रुपैयाँ बारबारको करिब चार लाख मेट्रिक टन तरकारी आयात भएको छ । यस्तै अन्य मुलुकबाट १ लाख मेट्रिक टनभन्दा बढीको तरकारी आयात भएकाे विभागको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण