झनै बढ्यो कन्डमको आयात

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा विदेशबाट २४ करोड ६९ लाख रुपैयाँको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको असारदेखि साउनसम्मको अवधिमा २४ करोडभन्दा बढीको कन्डम आयात भएको हो ।
यस अवधिमा ३ करोड ९२ लाख ३२ हजार कन्डम आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई ५५ हजार रुपैयाँ भन्सार राजस्व बुझाएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा कन्डमको आयात ३ करोड ४१ लाख रुपैयाँले बढेको हो ।
आर्थिक वर्ष २०७९/८० मा विदेशबाट २१ करोड २८ लाख रुपैयाँको कन्डम आयात भएको थियो । त्यस आर्थिक वर्षमा ३ करोड ६५ लाखभन्दा बढी कन्डम नेपाल भित्रिएको थियो । जबकि गत आर्थिक वर्षमा मूल्य बढे पनि कन्डमको आयात सङ्ख्या भने घटेको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा १६ करोड ३० लाख रुपैयाँको कन्डम आयात भएको थियो । सो अवधिमा ५ करोड २८ लाखभन्दा बढी पिस कन्डम नेपाल भित्रिएको थियो । सो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात ८ करोड ३९ लाख रुपैयाँले आयात बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु - १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीद्वारा सुदूरपश्चिम पराजित
-
मनसुनजन्य विपद्लाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको छ : मन्त्री सिंह
-
भरतपुर महानगर र ताराखोला गाउँपालिकाबिच भगिनी सम्बन्ध
-
‘अपाङ्गता ऐन कार्यान्वयनका लागि पहल गरिने’
-
स्याङ्जाको चराङमा स्याउ उत्पादन
-
न्युजिल्यान्ड क्रिकेट बोर्डले केन्द्रीय सम्झौतामा समेट्यो चार नयाँ खेलाडी