झनै बढ्यो कन्डमको आयात
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा विदेशबाट २४ करोड ६९ लाख रुपैयाँको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको असारदेखि साउनसम्मको अवधिमा २४ करोडभन्दा बढीको कन्डम आयात भएको हो ।
यस अवधिमा ३ करोड ९२ लाख ३२ हजार कन्डम आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई ५५ हजार रुपैयाँ भन्सार राजस्व बुझाएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा कन्डमको आयात ३ करोड ४१ लाख रुपैयाँले बढेको हो ।
आर्थिक वर्ष २०७९/८० मा विदेशबाट २१ करोड २८ लाख रुपैयाँको कन्डम आयात भएको थियो । त्यस आर्थिक वर्षमा ३ करोड ६५ लाखभन्दा बढी कन्डम नेपाल भित्रिएको थियो । जबकि गत आर्थिक वर्षमा मूल्य बढे पनि कन्डमको आयात सङ्ख्या भने घटेको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा १६ करोड ३० लाख रुपैयाँको कन्डम आयात भएको थियो । सो अवधिमा ५ करोड २८ लाखभन्दा बढी पिस कन्डम नेपाल भित्रिएको थियो । सो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात ८ करोड ३९ लाख रुपैयाँले आयात बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण