आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको “सूचनाको हक” सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ भने बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण