सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री समक्ष सबै मन्त्रालयद्वारा ब्रिफिङ, मंगलबार प्रधानमन्त्रीले निर्देशन दिने

आइतबार, १३ साउन २०८१, १९ : १९
आइतबार, १३ साउन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे ब्रिफिङ लिएका छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् । 

जनतामा छाएको निराशा चिर्ने उद्देश्यका साथ काम गर्न प्रधानमन्त्रीले सबै मन्त्रालयको कामको जानकारी लिएको खानेपानी मन्त्री प्रदीप यादवले बताए । मन्त्रालयले आ–आफ्नो समस्यासहितको भावी रणनीति सहितको प्रस्तुति गर्ने काम सकिएको र साउन १५ गते मंगलबार प्रधानमन्त्रीले मन्त्रालयहरूलाई आवश्यक निर्देशन दिने मन्त्री यादवले बताए ।  

बैठकमा विकासे मन्त्रालयका सचिवहरूले ठेकदारहरूको भुक्तानीको समस्यालाई जोड दिएर उठान गरेका थिए भने केहीले संविधानसँग बाझिएका कानुनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए । मन्त्री यादवले सचिवहरूले दिएको ब्रिफिङलाई अध्ययन गरेर प्रधानमन्त्रीले मंगलबार निर्देशन दिने र सोही अनुसार चालु आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको बताए । 

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, सबै सुरक्षा अंगका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप