ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल
काठमाडौँ । द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएकी हुन् ।
गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा पर्न सफल भएकी हुन् । ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरूले निरन्तर रूपमा विश्वस्तरिय नतिजाहरू ल्याइरहेका छन्। यसअघि सन् २०२३ को जुन महिनामा भएको ट्याक्सेसन विषयको परिक्षामा दिपांशु थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हासिल गरेका थिए भने ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाह तेस्रो भएका थिए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेस रिपोर्टिङ’ विषयमा ९१ प्रतिशत अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए ।

विश्वस्तरिय नतिजा प्राप्त गरेपछि खुसी व्यक्त गर्दै खत्रीले शिक्षकहरू तथा कलेजमा आबद्ध सम्पूर्णलाई धन्यवाद दिइन् । आफ्नो उपलब्धिबारे प्रतिक्रिया दिँदै खत्रीले भनिन्, ‘पछिल्लो समय विश्व बजारमा फिट हुनको लागि लचिलो विषयमा योग्यता चाहिन्छ । त्यसमध्येको एक एसीसीए शैक्षिक कार्यक्रम हो । नेपालको सन्दर्भमा ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए शैक्षिक कार्यक्रम उत्कृष्ट छ । राम्रो नतिजाको कारण ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय रिवार्डहरु समेत पाएको छ ।’
एसीसीए शैक्षिक कार्यक्रमको सिनियर प्रोग्राम म्यानेज दीपेन्द्र के। श्रेष्ठले भने, ‘ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए कार्यक्रम चर्चा नेपालमा राम्रो चर्चा छ । लामो समयको अनुभवको कारण हामीले हाम्रा विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न सकेका छौँ । साथै, विद्यार्थीहरूलाई व्यवहारिक रूपमा पनि सबल बनाउनको लागि हाम्रो टिम सफल भएको छ ।’ एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठुलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरूले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनीय उपलब्धि हो ।
निरन्तर विश्वस्तरिय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित प्लेटिनम अप्रुभल लर्निङ पार्टनरुको दर्जा प्रदान गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण