धनगढीमा रोकेर राखेको ट्रकमा मृत भेटिएका पुरुषको भएन सनाखत
काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रोकेर राखेको लोडेड ट्रकमा मृत भेटिएका पुरुषको सनाखत भएको छैन । वीरगन्जबाट सरिया र प्लाष्टिकको बोरा लोड गरेर ल्याएको ट्रक एन्जल ट्रेडर्स एण्ड सप्लायर्स अगाडि पार्किङ गरेर राखेको र साउन १३ मा अनलोड गर्नेबेला पुरुष अचेत अवस्थामा भेटिएका हुन् ।
उपचार गर्न प्रादेशिक अस्पताल धनगढीमा लगिएको र चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर गंगा दत्त बडूले रातोपाटीलाई बताए ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक सामान लिएर साउन ९ मा नै वीरगन्जबाट धनगढी पुगेको हो । ट्रक चालक कञ्चनपुर घर भएका लबिन्द्र राना र सहचालक ओम प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको छ । शव पोष्मार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
सामान अनलोड गर्ने बेलामा चालक र सहचालक पुग्दा पुरुष व्यक्ति लोड गरिएको सामानमाथि अचेत अवस्थामा भेटिएका हुन् । उनी रोकेर राखेको अवस्थामा ट्रकमा चढेर सुतेको हुनसक्ने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण