शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्रीलाई अर्यालको प्रश्न : कर्मचारीलाई हतोत्साहित गरेर स्वास्थ्य क्षेत्रलाई कहाँ पुर्‍याउन खोजेको ?

मङ्गलबार, १५ साउन २०८१, १४ : ३४
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले अस्पताललाई राजनीतिक दलको अखाडा बनाइएको भन्दै आपत्ति प्रकट परेका छन् । उनले अस्पतालका कर्मचारीहरूलाई हतोत्साहित हुने काम गरिएको भन्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रीसमेतको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले भने, ‘धादिङको जिल्ला अस्पतालभित्र एउटा पार्टीको बैठक बस्ने गरेको जानकारी पटक–पटक आएको छ । त्यहाँको व्यवस्थापन समितिलाई भ्रातृ संगठन बनाएको जस्तो अवस्था छ ।’

अस्पतालमा इमानदार स्वास्थ्यकर्मी र कर्मचारीहरू पुगे पनि पार्टीका नेताहरूको पावर प्रयोग गरेर त्यहाँ २ महिना पनि बस्न नदिई सरुवा गराइएको उनले आरोप लगाए । उनले भने, ‘देशका स्वास्थ्य संस्थाहरूलाई यसरी अगाडि बढाउने हो भने हामीले भनेको स्वास्थ्य र शिक्षा र सुशासनको अवस्था कहाँ पुग्ला ? स्वास्थ्य क्षेत्रमा राजनीतिक दलले यसरी गैरजिम्मेवार काम गर्नुहुँदैन ।’

त्यहाँ कार्यरत कर्मचारीको साउन महिनामा गरेको हाजिरीलाई रातो कलमले काटिदिएको पनि सदनलाई जानकारी गराए । ‘यसरी कर्मचारीहरूलाई हतोत्साहित गरेर स्वास्थ्य क्षेत्रलाई कहाँ पुर्‍याउन खोजिएको हो ? के गर्न खोजिएको हो ? स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप