वर्कसपमा ‘पीताम्बर’, भदौ १ बाट छायाङ्कन
बुधबार, १६ साउन २०८१, १० : १५
काठमाडौँ । भदौबाट छायाङ्कन तयारी भइरहेको फिल्म ‘पीताम्बर’को यतिवेला धमाधम वर्कसप चलिरहेको छ । काठमाडौँ थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा आयोजित वर्कसप कलाकारले फिल्म अभिनय निखार्दै रहेको निर्देशक कृषा चौलागाईले बताइन् ।
‘पीताम्बर’ निर्देशक कृषाको दोस्रो फिल्म हो । यसअघि उनले ‘ऐँचो पैँचो’ निर्देशन गरेकी थिइन् ।
भदौ १ गतेबाट छायाङ्कनमा जाने ‘पीताम्बर’मा कलाकारको लाइनअप बलियो छ । फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, र विशाल पहारीको अभिनय रहनेछ ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पीताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । विशाल चौलागाई निर्माता रहेको फिल्मको बजेट ५ करोड बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण