राजनीति
नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ
बिहीबार, १७ साउन २०८१, १७ : २५

काठमाडौँ । नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाशलाई मन्त्री बनाउने रञ्जिताको पत्र निष्प्रभावी, रेशम पक्षले घनश्यामलाई मन्त्री बनाउँदै
-
बिहीबार यी सहरको तापक्रम ४१ डिग्रीसम्म पुग्ने
-
लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जना यात्रुको जलेर मृत्यु
-
सतुङ्गल स्थित आरआर कम्प्लेक्समा आगलागी
-
खाली पेटमा खान हुन्छ मेवा ?
-
फोहर व्यवस्थापनमा नमुना बन्दै धनगढी उपमहानगर