भेनेजुयलाको राष्ट्रपति निर्वाचनमा विपक्षी दलले जितेको प्रमाण छ : अमेरिकी विदेशमन्त्री
कारकास । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुयलामा भएको राष्ट्रपतिको निर्वाचनमा विपक्षी दलले जितेको पर्याप्त प्रमाण आफूहरूसँग भएको बताएका छन् । राष्ट्रपति निकोलस मदुरोले आफू विजयी घोषणा गरेपछि पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विपक्षी नेता एडमन्डो गोन्जालेजले चुनाव जितेको र सबैभन्दा बढी मत प्राप्त गरेको बताएका हुन् ।
पर्याप्त प्रमाण देखेपछि भेनेजुयलाको २८ औँ राष्ट्रपतिको निर्वाचनमा एडमन्डो गोन्जालेज उरुटियाले सबैभन्दा धेरै मत पाएर विजयी भएको अमेरिका र भेनेजुयलाका जनता मानेको पनि उनले बताए । ब्राजिल, मेक्सिको र कोलम्बियाका राष्ट्रपतिहरूले भेनेजुयलालाई चुनावको पूर्ण तथ्याङ्क सार्वजनिक गर्न आग्रह गरेको केही दिनपछि ब्लिङकेनको यो अभिव्यक्ति आएको हो । गत आइतबार त्यहाँको निर्वाचन आयोगले राष्ट्रपति मदुरोले तेस्रो पटक राष्ट्रपति चुनाव जितेको घोषणा गरेको थियो ।
यसपछि भेनेजुयलाको विपक्षी दलले ईभीएमबाट प्राप्त तथ्याङ्कका आधारमा यो गलत भएको भन्दै चुनावी नतिजालाई अस्वीकार गरेको थियो । आफूहरू मत ट्याली गरेको र यसबाट आफ्ना उमेदवारले ठूलो अन्तरले चुनाव जितेको भन्न सक्ने पनि विपक्षी दलका भनाई थियो । यसअघि भने मदुरोले चुनावमा विदेशी शक्तिले हस्तक्षेप गर्न खोजेको आरोप लगाएका थिए । मदुरोले निर्वाचनमा आफू विजयी भएको घोषणा गरेलगत्तै राजधानी काराकासमा व्यापक विरोध प्रदर्शन सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण