आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का चारवटा संसदीय समितिका बैठक आज बस्दै छन् । सङ्घीय संसद् सचिवालयका अनुसार मङ्गलवार राज्यव्यवस्था तथा सुशासन, कानुन, न्याय तथा मानवअधिकार, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धनलगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा
-
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
एक साताभित्र जुत्ता,चप्पल र औषधीमा एमआरपी अनिवार्य राख्न निर्देशन
-
विद्यालय शिक्षा विधेयकको छलफल अघि बढाउन भूमि व्यवस्था मन्त्रीलाई जिम्मेवारी