प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा जाने
मङ्गलबार, २२ साउन २०८१, १३ : ३५
काठमाडौँ । मङ्गलवार दिउँसो बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् ।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री सहभागी हुने सभापति रामहरि खतिवडाले जानकारी दिए । ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक समिति बैठकमा सहभागी हुन लागेका हुन् ।
यसअघि १६ गतेको बैठकमा आमन्त्रण गरे पनि ओलीले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री बैठकमा पठाएका थिए । समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री ओलीको सचिवालयले भने अनविज्ञता प्रकट गरेको छ । सञ्चारविज्ञ रामशरण बजगाईँले प्रधानमन्त्री समिति बैठकमा सहभागी हुने सेड्युलमा नभएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण