सेयर बजारमा तीब्र उचारचढाव, लगातारको वृद्धिलाई ब्रेक
काठमाडौं । लगातारको वृद्धिलाई ब्रेक लगाउँदै मंगलबार सेयर बजार परिसूचक नेप्से घट्न पुगेको छ । दिउँसो २ बजे बजार १०७ अंकले घटेका पुनः ८२ अंकको ऋणात्मकमा फर्किएको छ । यस्तै नेप्से सूचक २७ सयको विन्दुमा ओर्लिएको हो ।
पछिल्लो कारोबार दिन सोमबार ४०.७६ अंकले बढ्दै नेप्से सूचक २७९६.३८ अंकमा उक्लिएको थियो । असार २० गते यता एक महिनामा ६६० अंकले बढेर २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक गिरावट आएको हो ।
खासगरी सरकार परिवर्तन र मौद्रिक नीतिलाई कारण देखाउँदै आक्रामक रुपमा बजार बढेपछि सबैले संसय व्यक्त गरिरहेका छन् ।
यही माहोलमा ठूला लगानीकर्ताले कमाउने र साना लगानीकर्ता फस्ने खतरा बढेको पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले नै संसय व्यक्त गरेका छन् । हिजो मात्र बसेको प्रतिनिधि सभाको बैठकमा समेत स्वतन्त्र सांसद अम्रेश सिंहले ठूला लगानीकर्ता र ब्रोकर मिलेर अस्वभाविक बजार बढाएको र साना लगानीकर्तालाई डुबाउने खेल शुरु भएको बहस उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण