मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीद्वारा शपथ ग्रहण
मङ्गलबार, २२ साउन २०८१, २१ : ४६
मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित समारोहमा मुख्यमन्त्री सतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् ।
यसअघि मुख्यमन्त्री सिंहले मंगलबार नै थप ५ राज्यमन्त्री नियुक्त गरेका थिए । नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मो. जयद आलम, नेपाली कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, ऊर्जा, सिँचाइ, सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलमकुमारी रजकलाई नियुक्त गरेका हुन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन् । योसँगै मधेस सरकारको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण