काठमाडौँ र भक्तपुरमा चोरी
शनिबार, २६ साउन २०८१, १७ : २१
काठमाडौँ । काठमाडौँ र भक्तपुर जिल्लामा शुक्रबार दिउँसो चोरी भएको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-५ थली गजरकोट हाइट बस्ने सुमित्रा ढुङ्गानाको घरमा कोही नभएको अवस्थामा चोरी भएको हो । कोठाबाट विभिन्न सुनका गर-गहना र नगद समेत गरी करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
यसै गरी भक्तपुरको भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने राजेश जरेजुको घरमा कोही नभएको अवस्थामा सुन, चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरी गर्ने व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण