अझै तीन दिनसम्म वर्षा जारी रहने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको माहाशाखाको भनाइ छ ।
माहाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिए । “यतिबेला मनसुन धेरै सक्रिय नभएकाले भारी वर्षाको सम्भावना छैन, तर बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाबाट भने सतर्कता अपनाउनुपर्छ”, उनले भने ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण