आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मङ्गलबार, २९ साउन २०८१, ०९ : ५३
काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य सर्त रहेका सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रारम्भ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण