तनहुँमा सिँचाइ सुविधा विस्तार
तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।
उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ । आव २०८०–८१ का लागि कार्यालयलाई रु पुँजीगततर्फ रु २५ करोड विनियोजन गरिएकामा रु २१ करोड खर्च भएको छ ।
बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु–८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद–२, शुक्लागण्डकी–७ र म्याग्दे–५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्याविङको योजना सञ्चालन हुन नसकेका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण