कोशी सरकारले सुरु गर्यो ‘हेलो सीएम’ कार्यक्रम
विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेलो सीएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सीएम सेवाको सुरुवात गरेका हुन् ।
गुनासो व्यवस्थापनको लागि भिन्नै कक्ष राखेर २४ सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो कामको सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार हेलो सीएम सुरु गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताए । उनले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेलो सीएम महत्त्वपूर्ण हुने बताए ।
सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिए । जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालीन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरे । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अहिलेको सरकार निर्माण भएपछि शासकीय सुधारमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै यो सेवाले थप सुशासन वृद्धि हुने बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिन्नै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेलो सीएम सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्री नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण