यस्तो छ ‘सतीदेवी’को ‘माया बसेको रैछ’ गीत
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा निर्देशक सुवेदीको शब्द, दीपक शर्माको संगीत, प्रताप दास र दीपा लामाको स्वर छ । गीतमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत र कलाकार सन्दीप बाबु लोहनीको रोमान्टिक अवतार हेर्न सकिन्छ ।
फिल्ममा मलिका र सन्दिपको अलवा हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, सिर्जना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारको अभिनय छ ।
लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोकप्रसाद र श्रीदेवी सुवेदीको लगानी छ ।
फिल्ममा तारा थापाको सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा देव महर्जनको एक्सन छ । नारीप्रधान यो फिल्म भदौको ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण