प्रधानमन्त्रीसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
बुधबार, ०५ भदौ २०८१, १६ : २५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन् । यस्तै राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका छन् । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण