साताको सेयर बजार : नेप्से सूचक २६ अंकले घट्दा पौने ६६ अर्बको कारोबार
काठमाडौँ । पछिल्लो साता तीन दिन मात्र सेयर कारोबार भएको छ । भदौ १६ र १७ गते दुई दिन जनै पूर्णिमा र गाईजात्राको सार्वजनिक बिदा पर्दा आइतबार, बुधवार र बिहीबार तीन दिन मात्र बजार खुल्यो । यो तीन कारोबार दिन नेप्से सूचक २६.३५ अंकले घट्दै २९७४.४६ विन्दुमा झरेको छ । अघिल्लो हप्ता नेप्से सूचक २३४.४३ अंकले बढ्दै ३ हजारमाथि उक्लिएको थियो ।
साताको पहिलो कारोबार दिन आइतबार नै ३४.४७ अंकको गिरावटसँगै खराब सुरुवात गरेको नेप्से सूचकले चौथो कारोबार दिन भदौ ५ गते २.११ अंकले र भदौ ६ गते ६.०१ अंकले बढ्यो । यसबिचमा ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
अघिल्लो साता २३४ अंकमाथिले नेप्से बढ्दा १ खर्ब २५ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मार्केट क्यापिटलाइजेशन ४१ अर्ब ८५ करोडले घट्यो
सूचक घट्दै गर्दा यो साता यता पुँजी बजारको पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत घट्न पुगेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन ४७ खर्ब ६५ अर्ब ९० करोडमाथि पुगिसकेको मार्केट क्यापिटलाइजेशन यो सात ४७ खर्ब २४ अर्ब ५ करोड ९० लाख रुपैयाँमा झरेको छ । यो हप्ता ४१ अर्ब ८५ करोड रुपैयाँ बराबरको पुँजी घट्न पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दसैँ बजार : वारि सुनसान, पारि भीडभाड
-
संयुक्त राष्ट्रसंघद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु
-
जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
-
जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का
-
झिलीमिली बत्तीले सिँगारिए राजधानीका शक्तिपीठ
-
के सुत्नु अघि नुहाउनु राम्रो हो ?