आर्थिक वर्षको पहिलो महिना सवा खर्ब व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा सवा १ खर्ब १६ अर्बभन्दा बढी देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आयात निर्यातको तथ्याङ्क अनुसार साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको छ ।
समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा १ खर्ब १५ अर्ब रुपैयाँ बराबर रहेको थियो । तुलनात्मक रूपमा आयात र निर्यात दुवै घट्दा यता व्यापार घाटामा पनि केही कम देखिएको हो ।
भन्सार विभागका अनुसार यस महिनाको आयात र निर्यातको अनुपात (इम्पोर्ट/एक्सपोर्ट रेसियो) १०.५० प्रतिशत देखिएको छ । अर्थात् एक सय रुपैयाँ बराबरको वस्तु आयात हुँदै गर्दा नेपालले जम्मा १०.५० रुपैयाँ बराबरको मात्र निर्यात गरेको छ ।
कूल आयात निर्यातमा ९१.३० प्रतिशत हिस्सा आयात रहेको छ भने निर्याततर्फको हिस्सा जम्मा ८.७० प्रतिशत मात्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित
-
राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकहरूको हेरफेर, भर्खरै बढुवा भएका रावललाई सुपरिवेक्षणको जिम्मा
-
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने
-
यु - १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीद्वारा सुदूरपश्चिम पराजित
-
मनसुनजन्य विपद्लाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको छ : मन्त्री सिंह
-
भरतपुर महानगर र ताराखोला गाउँपालिकाबिच भगिनी सम्बन्ध