एक महिनामा २ अर्बको खाद्यान्न आयात
शुक्रबार, ०७ भदौ २०८१, १९ : ०६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामा नेपालले २ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।
नेपालबाट १५ लाख ९५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । सरकारले खाद्यान्नको कारोबारबाट २ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । सरकारले खाद्यान्न आयात–निर्यातको कारोबारबाट २५ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागका अनुसार धान, मकै, गहुँ लगायत विभिन्न खाद्यान्न आयात गरिएको हो । यी खाद्यवस्तु भारत, चीन, मेक्सिको, जर्मनी लगायतका मुलुकबाट आयात गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण