सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको बिदाइ भेट

आइतबार, ०९ भदौ २०८१, २३ : २४
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गरेकी छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले आफ्नो कार्यकालमा दुई देशका बीचमा भएका महत्त्वपूर्ण कामबारे जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनी कार्यकाल पूरा गरी सोमबार स्वदेश फर्कँदै छिन् । प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा आभार व्यक्त गरिन्।

सो अवसरमा दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप