आज यी नदीहरूमा आकस्मिक बहावको जोखिम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। सोमबार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई को बहाव सतर्कता तह भन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेको विभाग बाढी पूर्वानुमान महाशाखाको भनाई छ ।
आज सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बहावको जोखिमको पूर्वानुमान छ । साथै, रसुवा, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, पर्सा, चितवन, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बैतडी, दार्चुला, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म