समाजवादी प्रेस सङ्गठनले भन्यो– पत्रकार महासङ्घको निर्वाचन समयमा नहुनु खेदजनक
काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले नेपाल पत्रकार महासङ्घको निर्वाचन समयमै हुन नसकेकोमा खेद व्यक्त गरेको छ ।
आफ्नो स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा ‘देश र दुनियाँका खोट औँल्याउने पेसामा लागेका पत्रकारहरूले आफ्नै छाता सङ्गठनको नेतृत्व निर्माणका निम्ति सम्पन्न गर्नुपर्ने निर्वाचन समयमा गर्न नसक्नु खेदजनक छ’ भनिएको छ ।
‘कसै कसैले सदस्यता शुद्धीकरणलाई सांगठानिक स्वार्थपूर्तिको हतियार बनाउँदा त्यही विषयमा उत्पन्न विवादका कारण महासङ्घको निर्वाचन सम्पन्न हुन नसकेको हो’, विज्ञप्तिमा लेखिएको छ ।
सङ्गठनले न्यायोचित सदस्यता सूची सार्वजनिक गर्दै निर्वाचन कार्यक्रम अविलम्ब सार्वजनिक गर्न माग पनि गरेको छ ।
यसै गरी सदस्य सङ्ख्याका आधारमा नेतृत्व लिने गरी महासङ्घको नेतृत्व सहमतिमा चयन गर्न माग गरेको छ ।
‘देशभरि रहेका महासङ्घका सदस्य सङ्ख्याअनुसार कसका सदस्य कति छन् भन्ने आधारमा सबभन्दा बढी सदस्य हुने सङ्गठनलाई नेतृत्व दिने गरी दोस्रो, तेस्रो र चौथो सङ्गठनका हकमा पनि त्यही मान्यताबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्दै जानुपर्छ भन्ने यस सङ्गठनको मान्यता हो’, विज्ञप्तिमा भनिएको छ, ‘यस क्रममा नेपाल प्रेस युनियनको नेतृत्वमा महासङ्घको आगामी नेतृत्व निर्माण गर्न सकिने कुरामा समाजवादी प्रेस सङ्गठन सदा प्रतिबद्ध छ ।’
सङ्गठनले सरोकारवाला पक्षसँग गहन छलफल गरेर प्रेस क्षेत्रसँग सम्बन्धित नयाँ कानुनहरू छिटोभन्दा छिटो जारी गर्न सरकारसँग माग गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण