प्रधानमन्त्री ओली र ओमनका विदेशमन्त्री अल्बुसाइदीबिच भेटवार्ता
मङ्गलबार, ११ भदौ २०८१, १४ : ५२
काठमाडौँ । ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अल्बुसाईदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा सोमबार दुई दिने भ्रमणका लागि नेपाल आएका विदेशमन्त्री अल्बुसाइदीले मंगलबार प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबिचको आपसी सम्बन्धको बारेमा छलफल गरेका छन् ।
विदेशमन्त्री अल्बुसाइदीले दुई देशबिचमा भएको विभिन्न सहमति तथा सम्झौतालाई कार्यान्वयनमा जोड दिएका छन् ।
दुई देशबिचको सम्बन्धलाई बलियो बनाउन दुवै देशले भूमिका खेल्नु पर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
विदेशमन्त्री अल्बुसाइदीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ओमन फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण