भद्रकालीमा ‘एक्लो’को शुभमुहूर्त, बेलायती अभिनेता जेमीको पनि अभिनय रहने
काठमाडौँ । प्रदीप शाहीको निर्देशन रहने फिल्म ‘एक्लो’को शुभमुहूर्त गरिएको छ । बुधबार बिहान भद्रकाली मन्दिर आयोजित एक कार्यक्रमकाबिच फिल्मको मुहूर्त गरिएको हो । फिल्मका लागि मुहूर्त सट अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले दिए ।
बिहीबारदेखि छायाङ्कन सुरु हुने फिल्मको मुहूर्तमा विजय लामा, सुनिल थापा, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपालीको अलवा बेलायती अभिनेता जेमी बेकन पनि सहभागी थिए । जेमी बेकनको फिल्ममा अभिनय रहनेछ । उनी मंगलबारमात्रै नेपाल आएका हुन् ।
कार्यक्रममा निर्देशक प्रदीपले फिल्म ‘एक्लो’ नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय बजारलाई पनि मध्यनजर गरेर निर्माण गर्न लागेको जानकारी दिए ।
बेलायती अभिनेता जेमी बेकनले फिल्मको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे । विजय लामा, सुनिल थापा, सुरज सिंह ठकुरी लगायत कलाकारले फिल्मको हिस्सा फिल्ममा रहने आफ्नो भुमिकाको विषयमा बताएका थिए ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, दिया पुन र बेलायती अभिनेता जेमी बेकनको मुख्य भुमिका रहनेछ । साइन्स–फिक्सन कथामा बन्न लागेको फिल्ममा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्दैछन् ।
बिहीबार काठमाडौँबाट छायाङ्कन सुरु हुने फिल्म त्यसपछि उपल्लो मुस्ताङमा हुने छायाङ्कन हुनेछ । फिल्मको ४५ दिनको छायाङ्कन तालिका निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण