अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने
जुम्ला । अविरल वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन दुई दिन लाग्ने भएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोटको गगनेखोला र दहीखोलामा पहिरोले सडक पूरै भत्किएपछि पुनःनिर्माण गर्न दुई दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।
कार्यालयबाट दुई जना सव–इञ्जिनीयर र कामदार अवरुद्ध ठाउँमा खटाएका छौँ । सडक सञ्चालनका लागि सुर्खेत सडक डिभिजन कार्यालयबाट थप सहयोग माग गरिएको छ । अहिले मेसिनको सहयोगमा पहिरो पन्छ्याउने काम भइरहेको जिटीले बताए ।
यो वर्षमा साना ठूला गरी राजमार्गमा करिब ४० भन्दा बढी पटक पहिरा जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्ग बन्द हुँदा जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनबीच बाटोमै रोकिँदा यात्रुहरु अलपत्रमा परेका छन् ।
वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो गएपछि माथिल्लो कर्णालीका स्थानीयवासीलाई दुःख हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण