दोस्रो सातामा ‘सतीदेवी’, कति भयो कमाइ ?
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।
फिल्मको माउथ पब्लिसिटीको कारण दर्शकको साथ पाइरहेको निर्देशक सुवेदीले दाबी गरे । फिल्मले अहिलेसम्म कति कमायो त्यो भने शनिबार मात्र हिसाब आउने उनको भनाइ छ ।
अभिनेत्री मलिका महतको शीर्ष भूमिका रहेको फिल्म समाजले छोरीप्रति गर्ने विभेदका कथामा बनेको छ ।
फिल्मले छोराको आशामा छोरी जन्माउने र समाजले छोरीलाई हेलाको दृष्टिबाट हेर्ने कथा पेस गरेको छ ।
फिल्मको कथा मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुम्छ । छोरी भएर पनि छोरासरह उभिएर परिवारलाई जोगाउने कथा फिल्मले देखाउँछ ।
फिल्ममा मलिकाको अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो फिल्मलाई श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन् । फिल्मको पटकथा र गीत पनि सुवेदीकै छ ।
फिल्मले प्रदर्शन अगाडि दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण