विदेशी दालमोठमै झण्डै आधा अर्ब स्वाहा, सबैभन्दा बढी भारतबाट आयात
काठमाडौँ -नेपालीहरुको परनिर्भरता बढ्दै गएको पछिल्लो व्यापार घाटाले प्रष्ट पार्छ ।
नेपालीहरुमा पछिल्लो समय जंकफुडको संस्कृति पनि उतिकै मौलाउँदो छ । दालमोठकै ( जंक फुड) लागि करोडौँ रुपैयाँ नेपालबाट बाहिरिन्छ ।
चालु आर्थिक वर्षको (२०७४/७५) ९ महिनामा दालमोठका लागि ४७ करोड २५ लाख ६३ हजार ९६ रुपैयाँ बाहिरिएको छ ।
अर्थात सो रकम बराबरको विदेशी दालमोठ नेपालीले खाएका छन् । सबैभन्दा बढी भारतबाटै आयात भएको छ ।
चैतसम्म भारतबाट ४७ करोड १६ लाख ३५ हजार ७ सय ६० रुपैयाँको दालमोठ आयात भएको भन्सार विभागले जनाएको छ ।
दोस्रोमा बंगलादेशबाट ८ लाख १९ हजारको दालमोठ आयात भएको छ । यता चाइनाबाट पनि १ लाख ५ हजारको दालमोठ आयात भएको छ । सबैभन्दा थोरै थाइल्याण्डबाट ३ हजार एक सय ६६ रुपैयाँको दालमोठ आयात भएको हो ।
गत वर्षको (२०७३/७४) यसै अवधिमा ५७ करोड २ लाख ७७ हजार रुपैयाँको दालमोठ आयात भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष भने दालमोठ आयात ९ करोड ७७ लाख १४ हजार रुपैयाँले कम हो ।
दालमोठ आयात

२ करोड ९२ लाखको दालमोठ निर्यात
उसो त नेपालबाट दालमोठ निर्यात हुने गरेको तथ्यांक पनि भेटिएको छ ।
चालु आवको नौ महिनामा २ करोड ९२ लाख २३ हजार रुपैयाँको दालमोठ निर्यात भएको भन्सार विभागको तथ्यांकमा छ ।
गत वर्ष यो भन्दा दोब्बर दालमोठ निर्यात भएको भन्सार विभागले जनाएको छ ।
गत वर्षको नौ महिनामा ४ करोड ६४ लाख रुपैयाँको दालमोठ निर्यात भएको थियो ।
भारत, चीन, अस्ट्रेलिया, अमेरिका, भुटान, मलेसिया जापान लगायत देशमा निर्यात भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण