काठमाडौँमा सुनका गहनासहित धनमाल चोरी
शनिबार, १५ भदौ २०८१, १७ : २६

काठमाडौँ र काठमाडौं महानगरपालिका-३ स्थित डेरा गरी बस्ने चन्द्र कुमारी गुरुङको कोठामा शुक्रबार दिउँसो चोरी भएको छ ।
चितवन ईच्छामनकामना गाउँपालिका-२ घर भएकी ५२ वर्षीया गुरुङको कोठामा कोही नभएको अवस्थामा चोरी भएको हो । कोठाबाट विभिन्न सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
उता सर्लाहीको मलंगवा नगरपालिका-७ ठुलो मुसैलीस्थित वडा कार्यालयबाट ठुलो ब्याट्री २ थान, वाइफाई राउटर १ थान, ईन्भर्टर १ थान, स्टेपलाईजर १ थान, स्टेण्ड फ्यान १ थान र प्रिन्टर १ थान गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल गए राती चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
-
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
-
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
-
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
-
महिमानलाई थुनामा राख्न रेशम चौधरीले दिएको निवेदनमाथि आज सुनुवाइ