कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन
आइतबार, १६ भदौ २०८१, १३ : ३५
काठमाडौं । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । बुधबार खसेको पहिरोले अबरूद्ध सडक खुलाउने गरी निरन्तर पहल भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
राजमार्गको दैलेख कालिकोट खण्डमा पर्ने मालाचौर, दहीखोला र किट्टुभीरमा ठूलो पहिरो खस्दा सडक अबरूद्ध छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोप नारायण पौडेलले पहिरो पन्छाउने काम भइरहेको र सडक संचालनमा आउन केही समय लाग्ने बताए।
उनका अनुसार मालाचौर र किट्टुभिरमा ठुलो पहिरो खस्दा सडक पुरै बगाएको छ। उक्त ठाउँमा नयाँ कटिङ्ग गर्नुपर्ने अवस्था रहेको उनले बताए । पहिरो हटाउन नेपालगञ्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण