अमेरिकाले किन जफत गर्यो भेनेजुएलाका राष्ट्रपतिको प्राइभेट जेट ?
वासिङ्टन डिसी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको प्राइभेट जेट जफत गरेको छ । डोमिनिकन रिपब्लिकमा मदुरोको लक्जरी जेट डासल्ट फाल्कन ९००एक्स जफत भएको समाचारमा उल्लेख छ ।
सीएनएनका अनुसार अमेरिकी अधिकारीहरूले सोमबार विमानलाई जफत गरेका हुन । समाचार एजेन्सी एपीका अनुसार जेट जालझेल गरेर किनेको र अवैधरुपमा अमेरिकाबाट बाहिर लगेको आरोप अमेरिकी अधिकारीहरूले लगाएका छन् ।
विमानहरू ट्र्याक गर्ने वेबसाइट फ्लाइट रडार २४ का अनुसार, जेटले सोमबार बिहान सान्टो डोमिङ्गोबाट फोर्ट लाउडरडेलको लागि उडान भरेको थियो । सोही क्रममा विमान जफत गरिएको बताइएको छ । डासल्ट फाल्कन ९००एक्सलाई १ करोड ३० लाख अमेरिकी डलर तिरेर किनिएको थियो । विमान सन २०२२ को अन्त्यदेखि सन् २०२३ को शुरुको बीचमा मदुरोसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो पहिचान लुकाएर किनेका अमेरिकी अधिकारीको भनाइ छ ।
विमान किन्न उनीहरूले क्यारेबियन सेल कम्पनी प्रयोग गरेको बताइएको छ । अमेरिका र भेनेजुएला सरकारहरू बिच व्यापार लेनदेनमा प्रतिबन्ध छ । रिपोर्टका अनुसार मादुरोको जेट सान मारिनोमा दर्ता भएको थियो । मदुरोले आफ्ना कयौँ विदेश भ्रमणहरूमा यो विमान प्रयोग गरेका थिए । यस्तो तथ्य पत्ता लागेपछि अमेरिकाले २०२३ को जनवरीमै उक्त विमानको दर्ता रद्द गरेको थियो ।
विमान यस वर्ष मार्चमा डोमिनिकन रिपब्लिक पुगेको थियो । विमान त्यहाँ कसरी पुग्यो भन्ने थाहा हुन सकेको छैन । मदुरो यसै वर्ष निजी जेटमा गुयाना र क्युबा गएका थिए । भेनेजुएला सरकारले उक्त विमान अमेरिकाले कब्जामा लिएको स्वीकार गरेको छ । उनले अमेरिकी सरकारको यो कदमलाई डकैती भनेको छ । अमेरिकाले फेरि अपराध गरेको भेनेजुएलाका अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण